महासंघ बाराले पत्रकार बादशाह कुटपिटमा संलग्नलाई कडा कारवारहीको माग

गढिमाइ खबर
475 पाठक संख्या

नेपाल पत्रकार महासंघ बाराले महासंघ बाराका साधारण सदस्य नूरआलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाका अध्यक्षकै कार्यकक्षमा भएको कुटपिट गरि घाईते बनाएको घटनाको घोर आपती जनाएको छ ।

महासंघ बारा शाखाका रेशम तिवारीले आईतवार प्रेस विज्ञप्ती जारी गर्दै रेडियो बादल सिम्रौनगढका निर्देशक समेत रहेका बादशाहलाई समाचार संकलनकै क्रममा निर्घात कुटपिट भएको घटनाको महासघले घोर निन्दा गरेको छ ।

महासंघले पत्रकार बादशाहलाई आक्रमण गर्नेलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ ।

पालिका अध्यक्षकै कार्यकक्षमा भईरहेको छलफलमा निर्घात कुटपिट हुनुले प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

पत्रकार बादशाह विरामीकै लागि गाउँपालिकामा एम्बुलेन्सका लागि पटक पटक जानकारी गराउदा समेत सेवा नपाएपछि समाचार संकलनका लागि गाउँपालिका गएका थिए ।

सोही क्रममा गाउँपालिका अध्यक्ष कै कार्यकक्षमा पत्रकार बादशाहलाई पक्राउ गरि निर्घात कुटपिट भएको हो । पत्रकार बादशाहको हाल वीरगंजमा उपचाररत छन ।

साझा गर्नुहोस्