बारा प्रहरीले मोटरसाईकललाई ठक्कर दिएर फरार हुने ईरिक्सा र चालकलाई नियन्त्रणमा

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बारा प्रहरीले मोटरसाईकललाई ठक्कर दिएर फरार हुने ईरिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ ।

बुधवार साँझ कलैया–वीरगंज सडक खण्ड अन्तरगत फेटा गाउपालिका १ स्थित भलुही चोक नजिक नम्बर नखुलेको सवारी साधनले प्र.२–०३–०१७ प ९७५० नं.को मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक बारा कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने करिब बर्ष ३३ को श्रीभगवान पटेल घाईते भएका थिए । घाईते पटेलको प्रादेशीक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यू भएको थियो ।

सो घटना वारे बारा प्रहरीको अनुसन्धान गर्न बनेको बिशेष टोलीले घटना घटेको १८ घण्टा भित्रमा ठक्कर दिएर फरार रहेको ना १ ह ३८७७ नम्बरको ई रिक्सा सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ईरिक्सा चालक बारा परवानिपुर गाउपालिका वडा नम्बर ५ बहुअरि बस्ने करिब बर्ष ३५ को सुधन दासलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *