बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा शुभकार्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुक्रबार देखि सञ्चालनमा आएको छ ।
गुप्ता पेट्रोल पम्प नजिकै पर्सा टोलमा सो संस्थाको एक समारोहवीच कार्यक्रमको प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोदप्रसाद साहले शुक्रबार रिबन काटी सो संस्थाको उद्घाटन गरेका हुन् ।
नगर प्रमुख साहले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्न आवश्यक रहेको बताए । यस्को लागि सुशासन आवश्यक रहेको उनले बताए ।
उनले सहकारीलाई नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने जनाएका हुन् ।सहकारीले तरकारी बाली,खरबुजा र कन्दमूल उत्पादनको क्षेत्रमा काम गर्ने संचालक समितिका अध्यक्ष आलिम मियाँले बताए । यस्तै भेडा बाख्रापालन,पन्छी पालनको क्षेत्रमा समेत आफ्नो सदस्यहरुसंग मिली काम गर्ने उनले बताए ।
यस्तै वित्तीय सेवा गतिविधिका अन्य सहायक क्रियाकलाप,ब्याङ्कहरू (वाणिज्य ब्याङ्क,विकास ब्याङ्क,वित्तीय संस्था,बचत तथा ऋण सहकारी आदि,बचत ब्याङ्कहरू जस्तै ऋण प्रदान गर्ने उनले जनाए ।
अन्नपात,गेडागुडी र विउविजन कृषि उपजको थोक बिक्री/किराना पसल,सदस्य संस्थाहरू वा अन्यले निकायहरूले प्रदान गर्ने अनुदानको क्रियाकलापहरू लगानी लगाउने छ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका –४ का वार्ड अध्यक्ष रामेश्वर यादव,६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,वार्ड सदस्य नेजामुदिन हवारी,किशोरी प्रसाद पण्डित,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,राष्ट्रिय सहकारी बैंक लि.कलैया शाखाका प्रबन्धक श्याम न्यौपाने,कुदरत मिया,धर्मेद्र प्रसाद यादव,सन्दिप साह,सद्दाम हुसेन मंसुर,अनिल यादव,अशोक यादव,नाजिर हुसेन,संस्थाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियोे ।
शुभकार्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्षमा सर्वण कुमार साहको अध्यक्षतामा सो संस्थाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।









