सूर्यदर्शन सहकारीका थमन बुढाको गाडि गुपचुप संघर्षसमितिका संयोजकसँग भएको पिडितको आरोप

गढिमाइ खबर
540 पाठक संख्या

सुर्यदर्शन सहकारी पिडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारी पिडितहरुलाइ प्रयोग गरेर आफ्नो दुनो सोझ्याउने गरेको स्वयं पिडितहरुको गुनासो छ ।

सुर्यदर्शन सहकारी पिडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको गाडि प्रयोग गरेको पिडितहरुले आरोप लगाएका छन् ।

सहकारीको नाममा रहेको हुण्डाई कम्पनीको खरानी रंग आई टेन गाडि श्रेष्ठले संस्थाका अध्यक्ष थानबहादुर बुढामगर फरार हुनु अघि नै लिएको समेत पिडितहरुले आरोप लगाएका छन् । उक्त गाडि श्रेष्ठले भाडामा लगाई मासिक ९० हजार बुझ्ने गरेको समेत पिडितहरुले बताए ।

नेकपा माओवादी निकट मानिने श्रेष्ठले पिडितहरुसंग संघर्षको बहानामा रकम उठाउने र सो रकमबाट आफ्ना ब्यक्तिगत काम गर्ने गरेको पनि पिडित मध्येका केही बताउछन् ।

श्रेष्ठको नाममा १३ लाख ३७ हजार बचत रहेकोमा गाडि भाडामा लगाएर आफ्नो पैसा उठाईसकेको समेत पिडितहरुले आरोप लगाएका छन् ।

सहकारीको सम्पती व्यक्तिले कब्जामा लिई भाडामा लगाउदा समेत सरकार मौन बसेको छ ।

श्रेष्ठले सहकारीको गतिविधि राजनैतिक दलका नेतालाइ दिने गरेको पनि पिडितहरुको दाबी रहेको छ । सुर्यदर्शन सहकारी पिडित संघर्ष समितिको अध्यक्ष भएर चर्चा कमाएका श्रेष्ठलाइ अहिले टेलिभिजन र पत्रपत्रिकामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।

राष्ट्रिय टेलिभिजन र पत्रपत्रिकामा चर्चित बनिरहेका श्रेष्ठ हरेक पिडितहरुसंग ५ सय देखी एक हजारसम्म उठाएर वार्ताका लागि काठमाण्डौ जाने बहानामा संचार माध्यम र दलका नेताहरुलाइ सुचना दिने बाहेक केही काम नगरेको पिडितहरुको गुनासो छ ।

“खै हाम्रो समस्या जहाको त्यहि छ” वहा नेता बन्ने बाहेक केही काम भएन ! एक सहकारी पिडितले गुनासो गरे । सयौ पटक समाधानका लागि काठमाण्डौ पुगेका श्रेष्ठको पहलले केही नभएको उल्टै भएको २÷४ हजार सक्किएको एक पिडित बताउँछन ।

केही हप्ता अघि प्रधानमन्त्री प्रचण्ड पोखरा आउँदा कालो झण्डा देखाउन केही पिडितहरुलाइ अगाडी सारेर आफु लुकेको भन्दै श्रेष्ठको आलोचना भएको थियो ।

तर माओवादीकै केही नेताले श्रेष्ठलाइ सम्पर्क गरेर सरकारले ५ लाख फिर्ता गर्ने निर्णय गरेको बेला आफ्नै पार्टी अध्यक्षलाई कालो झण्डा देखाउन मान्छे खटाएको भन्दै आलोचना समेत भएको थियो ।

बास्तबिक सहकारी पिडितको मर्कामा रहेको बेला श्रेष्ठ भने ब्यक्तिगत स्वार्थ पुर्ति गर्न लागेको सहकारी पिडितहरुले नै आरोप लगाउन थालेका छन ।

साझा गर्नुहोस्