राम मण्डल वीरगञ्ज
मधेस प्रदेश सभा सदस्यमा नव निर्बाचित रहबर अन्सारी जित पछि पनि जनताको घरदैलोमा ब्यस्त रहेका छन ।चुनाव जितेपछि उनी निरन्तर क्षेत्रका जनताहरुसित भेटघाट गर्नमा ब्यस्त छन ।
शनिबार पनि अन्सारीले क्षेत्रका बिभिन्न वडाका स्थानीयबासीहरुलाई उनीहरुकै घरमा गएर भेटघाट गरेका छन ।गत मँसिर ४ गते सम्पन्न भएको मतदानमा पर्सा क्षेत्र नम्बर १ को १ बाट अन्सारी प्रदेश सभा सदस्यमा निर्बाचित भएका हुन । 
यस क्षेत्रमा वीरगञ्ज महा नगरपालिकाका १० वटा वडाहरु पर्ने गर्दछन ।ती वडाहरुका स्थानीयसित जितको खुशी साटासाट गर्दै उनीहरुका उनले गुनासोहरु सुनेका थिए ।
मँसिर ४ गते सम्पन्न मतदानको मतगणना अनुसार नेकपा माओबादी केन्द्रबाट उम्मेदवारी दिएका अन्सारी ७ हजार ८१७ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा निर्बाचित भएका हुन ।









