स्वास्थ्य चौकीलाई खानेपानी शुद्धिकरण मेशिन प्रदान

गढीमाईखवर डट कम
314 पाठक संख्या

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेको स्वास्थ चौकीको लागि मँगलबार एक थान खानेपानी शुद्धीकरण गर्ने मेशिन प्रदान गरिएको छ ।

स्वास्थ चौकीमा आयोजित एक कार्यक्रममा उपकार सेवा नेपालले र एक थान खानेपानी शुद्धीकरण गर्ने मेशिन प्रदान गरेको हो ।

संस्थाकी बिध्या सरावगी र सुमन बगेडियाले खानेपानी शुद्धीकरण गर्ने मेशिन स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाकी बिद्या सरावगीले आफ्नो संस्थाले सामुदायिक अस्पताल र बिधालयहरुमा आम जनतालाई शुद्ध पिउने पानीको लागि खानेपानी शुद्धीकरण मेशिन तथा पंखा लगायतका सामाग्रीहरु निशुल्क रुपमा वितरण गर्दै आएको बताईन ।

कार्यक्रममा सहभागी लोसपा बीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सराफले स्वास्थ चौकीमा आउने बिरामीलाई शुद्ध खानेपानी सहज तरिकाले प्राप्त होस भनी खानेपानी शुद्धीकरण मेसिन प्रदान गरिएको बताएका थिए ।

स्वास्थ चौकीका जन स्वास्थ निरीक्षक अनिश्कान्त कुश्वाहाले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादव,स्वास्थ चौकीका इन्चार्ज मेवालाल ठाकुर,स्वास्थ चौकी स्वास्थकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।

साझा गर्नुहोस्