सर्लाहीमा घरको छत खस्दा दुई मजदुरको मृत्यु

गढिमाइ खबर
59 पाठक संख्या

बारा । सर्लाहीको मलङ्गवामा घरको छतसहित खस्दा दुई जना मिस्त्रीको मृत्यु भएको छ। जिल्लाको मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की घरको छत ढलान गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा दुई जना मजदुरको ज्यान गएको हो।

दुर्घटनामा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन् ।

साझा गर्नुहोस्