राजस्व अनुसन्धानका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख घूस प्रकरणमा मुद्दा

गढिमाइ खबर
67 पाठक संख्या

श्यामबाबु यादव

काठमाडौँ, १ चैत/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी विरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अधिकारीले राजस्व चुहावटसम्बन्धी छानबिनबाट बचाइदिने भन्दै एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यू बाट रु ७० लाख घूस लिएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम विभिन्न व्यक्तिसँग मिलेमतो गरी विभिन्न बैङ्क खातामार्फत घुमाएर प्रयोग गरिएको दाबी गरिएको छ।

अनुसन्धानमा घूस रकम ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंकलक्ष्मी सनराइज बैंक लगायतका वित्तीय संस्थाका खातामार्फत कारोबार गरिएको पाइएको छ।

आयोगका अनुसार उक्त रकमको केही भाग मध्यपुर थिमी नगरपालिका क्षेत्रमा रहेको जग्गा खरिदमा प्रयोग गरिएको छ भने केही रकम ‘द कुटी रिसोर्ट’ परियोजनासँग सम्बन्धित कर्जा भुक्तानीमा प्रयोग भएको पाइएको छ।

यस प्रकरणमा संलग्न व्यक्तिहरूले घूस रकमलाई विभिन्न आर्थिक कारोबारमार्फत वैध देखाउने प्रयास गरेको निष्कर्ष आयोगले निकालेको छ।

साझा गर्नुहोस्