‎बारा–१ मा रास्वपाका गणेश धिमाल भारी मतान्तरसहित विजयी ‎

गढिमाइ खबर
202 पाठक संख्या

बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमाल भारी मतान्तरसहित विजयी भएका छन्।

‎निर्वाचनको अन्तिम मतपरिणाम अनुसार धिमालले ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पछि पारेका छन्।

‎नेपाली कांग्रेसका बुढाथोकीले १४ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्।

साझा गर्नुहोस्