पर्साको पर्सागढी नगरपालिकाको एमालेको मेयर र उपमेयर बिजयी

गढीमाईखवर डट कम
110 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल/
पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ नगरँपालिकाको मेयरमा एमालेका गोकणर् पाठक ६ हजार ६२४ मतका साथ बिजयी भएका छन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित २ हजार ८९१ मतको अन्तरले बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी निबर्तमान मेयर समेत रहेका नेपाली काँग्रेसका लोक नारायण यादवले ३ हजार ७३३ मत प्राप्त गरे ।

नगरपालिकाको उपमेयरमा पनि एमालेकै पुजा चौधरी ७ हजार ६१६ मत ल्याई बिजयी भईन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित ४ हजार १८६ मत अन्तरले बिजयी भईन ।

उनका निकटतम प्रतिद्वन्दी नगरपालिकाकी निबर्तमान उपमेयर समेत रहेकी नेपाली काँग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत प्राप्त गरिन ।

०७४ सालको स्थानीय तहको निर्बाचनमा पर्सागढी नगरपालिकाको मेयर उपमेयर नेपाली काँग्रेसले जितेको थियो ।

नौ वटा वडा रहेका नगरपालिकाको वडा नम्बर ३,७ र ८ मा काँग्रेसले वडाध्यक्ष जितेको छ ।वडा नम्बर १ र २ मा एमालेले जित हासिल गरेको छ ।

वडा नम्बर ४ र ९ मा जनता समाजबादी पार्टीका उम्मेदवार वडाध्यक्षमा निर्बाचित भएका छन ।

वडा नम्बर ५ मा लोसपा र ६ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जितेका छन ।

वडा नम्बर १ मा एमालेका राजकपुर खवास ७०४ मत ल्याई वडाध्यक्षमा जितेका छन ।

वडा नम्बर २ मा एमालेकै बिरेन्द्र प्रसाद महतो थारुले ८३३ मतकास साथ वडाध्यक्षमा जित हासिल गरेका छन ।

वडा नम्बर ३ मा नेपाली काँग्रेसका सुकमान तामाङ १ हजार ३६९ मत प्राप्त गरि वडाध्यक्षमा जितेका छन ।

वडा नम्बर ४ मा जसपाका शेख खुर्शीद आलम ९०९ मत ल्याई वडाध्यक्षमा निर्बाचित भएका छन ।

वडा नम्बर ५ मा लोसपाका नितेश मिश्रले ६२३ मत प्राप्त गरि वडाध्यक्षमा जितेका छन ।

वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार नवल किशोर प्रसाद कलवार ४९८ मत ल्याई वडाध्यक्षमा बाजी मारेका छन ।

वडा नम्बर ७ मा नेपाली काँग्रेसका शँकर राय भर ६२२ मत ल्याउदै वडाध्यक्षमा चुनिएका छन ।

वडा नम्बर ८ मा काँग्रेसकै सुन्दरी देबी थरुनी ६८८ मतका साथ वडाध्यक्षमा निर्बाचित भएकी छिन ।

वडा नम्बर ९ मा जसपाका रमप्रसाद यादवले ६०१ मत ल्याएर वडाध्यक्षमा चुनिएका छन ।

साझा गर्नुहोस्