कलैया : सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको आज भव्य विदाई भएको छ। उनको विदाई कार्यक्रममा साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका कलैया संवाददाता संदिप प्रसाद यादवसहित चार जना पत्रकारलाई गणपति केसीले सम्मानित गरेका छन्।
बाराको कलैया उपमहानगरपालिका –१६ उत्तर झिट्कैयास्थित नम्बर १२ गणको परिसरमा बिदाई कार्यक्रम भएको हो। सम्मानित हुने सञ्चारकर्मीमा नियमित खबरका सुष्मिता यादव,न्युज खोज तलाश डट कमका भरत सरार्फ,जन सूचना न्युजका रसिद आलम रहेका छन्।
सञ्चारकर्मीलाई दिएको सम्मानपत्रमा गणको जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षा सुद्धीकरण, सीमा सुरक्षा विपद ब्यवस्थापन, अपराध नियन्त्रण तथा जनसरोकारका गतिबिधि सम्बन्धी कार्यहरुमा तपाईले आफनो पेशागत मर्यादा, निष्पक्षता सत्यनिष्ठा र उच्च उत्तरदायित्वबोधका साथ तथ्यपरक तथा सकारात्मक ढंगले सूचना सम्प्रेषण गर्दै सशस्त्र प्रहरी बल र सर्वसाधारणबीच आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको लेखिएकोे छ।
उक्त योगदानको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ सम्मानस्वरुप दिइएको प्रशंसापत्रमा लेखिएको छ। तपाईको आगामी पेशागत यात्रा अझ सफल, सम्मानित र प्रभावकारी बनोस् भन्ने शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी. ले प्रसंशा पत्रमा लेखिएको छ। उक्त कार्यक्रममामुन्ना डिजिटल भिडियोग्राफी कलैयाका मुन्ना साह सम्मानित भएका छन्।
उक्त कार्यक्रममा नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल,नं. १२ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी,मटिअर्वाका डिएसपी धन बहादुर राना,सशस्त्र प्रहरी निरीक्षकहरु इन्द्रजंग थापा, उमेशकुमार आले, नायब निरीक्षक, सहायक निरीक्षक लगायत सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक बिक्रम पौडेलले गरेका थिए।









