कलैया उपमहानगरका चौध शिक्षकको आन्तिरक सरुवा

गढिमाइ खबर
178 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बाराको कलैया उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेको बिभिन्न बिधालयमा १४ जना शिक्षकको आन्तिरक सरुवा गरेको छ ।

कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका अनुसार ७ जना प्रधानाध्यापक र ७ जना शिक्षकको नगर क्षेत्रको बिभिन्न बिधालयमा सरुवा भएको हो ।

शिक्षा समितिको बैठकले मा.बि शिक्षक श्री ३ चन्द्र माध्यमिक बिधालयका प्रधानाध्यापक नरेन्द्र गिरिलाई श्री पन्ना देवि, श्री महाबिर नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्रहम्पुरीमा प्रधानाध्यापक रमेश कुशवाहालाई ३ चन्द्र माध्यमिक बिधालय , पन्ना देवि माध्यमिक बिधालयका प्रधानाध्यापक मोतीलाल प्रसाद यादवलाई नेपाल राष्ट्रिय माध्यमिक बिधालय मोतिसर, नेपाल राष्ट्रिय माध्यमिक बिधालय मटिअर्वाका प्रधानाध्यापक दिपेन्द्र प्रसाद यादवलाई श्री महाबिर नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्रहम्पुरीमा सरुवा गरेको हो ।

समितको बैठकले दुर्गा मा.बि बरेवा बैरियाका प्रा.बि शिक्षक प्रदिप कुमार साहलाई ने.रा.मा.बि कलैया ६ ,नेपाल राष्ट्रिय माध्यमिक बिधालय कलैयाका शिक्षीका मिना कुमारी आर्यलाई पन्ना देवी , पन्ना देवीका शिक्षक हरिकञ्चन चौधरीलाई ने.रा. नमुना मा.वि कलैया १ ,३ चन्द्रकी मन्दिरा मैनालीलाई नेपाल राष्ट्रिय माध्यमिक बिधालय रामपुर प्र.खे., नेपाल राष्ट्रिय माध्यमिक बिधालय रामपुरका शिक्षीका उमा खडकालाई ३ चन्द्र मा.वि सरुवा गरएको छ ।

यसैगरी श्री गढीमाई ने.रा. आ.बि. मोतिसर पतौराका रामाशिष राय यादवलाई ने.रा. आ.बिधालय मटिअर्वा १०, ने.रा. आ.बिधालय मटिअवाका शिक्षक सुरेन्द्र प्रसाद यादवलाई श्री गढीमाई ने.रा. आ.बि. मोतिसर पतौरा , नेपाल राष्ट्रिय माध्यमिक बिधालय बलिरामपुरका शिक्षक रामबाबु प्रसाद यादवलाई नेपाल राष्ट्रिय माध्यमिक बिधालय धर्मनगर,नेपाल राष्ट्रिय माध्यमिक बिधालय धर्मनगरका शिक्षक राजकुमार प्रसाद यादवलाई नेपाल राष्ट्रिय माध्यमिक बिधालय बलिरामपुरमा सरुवा गरिएका छ ।

साझा गर्नुहोस्