सशस्त्र प्रहरीद्वारा लाखौंको अवैध सामान बरामद

गढिमाइ खबर
273 पाठक संख्या

कलैया : बारामा सशस्त्र प्रहरीले दुई स्थानबाट लाखौंको अवैध सामान बरामद गरेको छ। प्रहरीले करिब ७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाति ईलाकाबाट दुइ थान मोटरसाइकल सहित करिब ५ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको लेडिज कुर्ता सलवार र स्पोर्टस जुत्ता बरामद गरेको हो। सो सामान सीमा सुरक्षा गुल्म पिपरपातिको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठको टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जितपुरसिमरा–पथलैया सडकखण्डमा यात्रुवाहक बसको डिक्कीबाट अन्दाजी एक लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको किराना आइटम र लेडिज आइटम बरामद गरिएको छ । उक्त सामान जितपुरसिमरा वेश कमाण्डर सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठगुल्लाको टोलीले नियण्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानहरू आवश्यक कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

साझा गर्नुहोस्