सिचाईको मोटरमा करेन्ट लागेर एक जनाको मृत्यु

गढिमाइ खबर
198 पाठक संख्या

रौतहट : रौतहटमा सिचाईको मोटरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठेगाना बस्ने ४० वर्षीय रामबाबु मुखिया हुन । उनको सिचाइको लागि प्रयोग गरिएको मोटरमा करेन्ट गम्भीर घाइते भएका थिए ।

घाईते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले जनाएका छन ।

साझा गर्नुहोस्