कलैया : आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिनमै राज्यप्रति आफ्नो कर दायित्व निर्वाह गरेकी एक सेवाग्राहीलाई सम्मान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले उनलाई सम्मान गरेको हो। बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई मायादेवी न्यौपानेलाई सम्मान गरेका हुन्। राज्यलाई कर तिरेको भन्दै न्यौपानेलाई बिहिवार सम्मान गरिएको हो।
प्रमुख जिल्ला अधिकारीले सबै सरकारी कार्यालयलाई कर तिर्ने सेवाग्राहीहरूलाई सम्मान गर्न निर्देशन दिएका छन्। कर तिर्ने संस्कृतिलाई अझ मजबुत बनाउन यसो गर्न आवश्यक रहेको छ। उक्त अवसरमा जिल्ला प्रशासन कार्यालयका पदाधिकारी,कर्मचारी तथा सेवाग्राहीहरू समेत उपस्थित रहेका थिए।









