देवतालमा आगलगीबाट लाखौको क्षति

गढिमाइ खबर
185 पाठक संख्या

कलैया १३ बैशाख । बाराको देवताल गाउँपालिका वडा नम्बर ७ बेनौली चौकस्थित एक घर र तीन वटा पसलमा शुक्रबार आगलगी हुदाँ लाखौ रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलगीबाट स्थानीय बिनोद साहको घर र गुम्ती पसल भाडामा सोही पालिका वडा नम्बर ५ बस्ने ललन महतोको नास्ता पसल,वडा नम्बर ७ बेनौली बस्ने जमुन ठाकुरको सैलुन र स्थानीय भोज मियाको मासु पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगलगि बाट महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान,ग्यास चुलो २ थान,२ काट्टुन अण्डा,बेन्च र टेवल सिलिङ फ्यान,चिउरा भुजाङ,काठहरु गरी रु एक लाख अठचालिस हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

आगलगि बाट ठाकुरको सैलुन पुर्ण रुपमा जली रु तीस हजार) बराबरको क्षती भएको छ ।

मियाको मासु पसलको घुम्ती र बिभिन्न सर–सामानहरु गरी रु पैतिस हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

महतोको नास्ता पसल बाट अचानक आगो सल्केर आगलगि भएको हो । आगलगि बाट मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । अस्थाई प्रहरी पोष्ट बेनौलीबाट खटिृएको प्रहरी,दमकल र स्थानीयबासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिर्ईएको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्