कलैया : बाराको महागढीमाई नगरपालिका १ स्थित जारी गढीमाई पञ्चवर्षीय मेलामा ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराले १२ ज्योतिर्लिङ्ग दर्शन,चैतन्य झाँकी,कैलाश पर्वत दर्शन तथा प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उदघाटन शनिबार एक कार्यक्रमका बीच महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् पञ्चबर्षिय गढीमाई मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गरेका हुन ।
उक्त अवसरमा बोल्दै नगर प्रमुख यादवले विश्व प्रसिद्ध गढीमाई मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोगको अवश्यकता रहेको बताए । उनले विश्व प्रसिद्ध मेलामा आउने भक्तजनहरुको सुविधाको लागि मेला संचालन तथा व्यवस्थापन समिति लागि परेको समेत जानकारी दिए ।
भक्तजनहरुलाई कुनै किसिमको असुविधा नहोस् भनेर विभिन्न उपसमितिहरु गठन गरिएको गरिएको उनले बताए ।
ब्रहम कुमारी राजयोग सेवा केन्द्रले स्वच्छ एवं स्वस्थ्य समाजका लागि महत्वपूर्ण योगदान दिँदै आएको उनको भनाई रहेको थियो । ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंजका क्षेत्रिय संचालिका रविना दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालन सुष्मा बहन एवम् स्वागत गंगा बहनको रहेको थियो ।
उक्त अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका प्रमुख मिना दिदी कार्यक्रममा पञ्च वर्षीय गढीमाई मेला संचालन तथा व्यवस्थापन समितिका प्रमुख प्रवक्ता परमहंश यादव, महागढीमाई नगरपालिका ५ का वडाध्यक्ष तथा मनोरंजन समितिका संयोजक गजेन्द्र प्रसाद जयसवाल लगायतको सहभागिता रहेको थियो ।
मेला अवधीभरका लागि उक्त अध्यात्मिक कार्यक्रमको आयोजना गरिने सेवाकेन्द्रले जनाएको छ ।









