धिरेन्द्र पनुहर/
बाराको कोल्हवी नगरपालिका वार्ड नम्बर १० बरेवा अन्तर्गत पर्ने जमुनी खोलामा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । सो झोलुङ्गे पुलको बुधबार एक कार्यक्रमवीच कोल्हवी नगरपालिका नगर प्रमुख रामप्रसाद चौधरीले रिबन काटी उद्घाटन गरेका छन् ।
बरेवा र करैयामाइ गाउँपालिका– ७ बारा बजार सडकखण्ड अन्तर्गत पर्ने जमुनी खोलामा झोलुङ्गे पुल रहेको छ । पुलको उद्घाटन पश्चात वर्षा याममा हुने सास्तीबाट मुक्त पाएको भन्दै स्थानीयहरु हर्षित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यो झोलुङ्गे पुल संचालनमा आउन यहाँको नागरिककोलागि सुखद क्षण भएको जनाए ।
उनले दिनरात मेहनत गरेर कार्य सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेका सबैलाई धन्यवाद दिए । झोलुङ्गे पुल निर्माण समितिका पदाधिकारीहरु,निर्माण कम्पनी,जनप्रतिनिधि,समाजसेवी,अगुवा ब्याक्तित्व सबैप्रति उनले आभार व्यक्त गरेका हुन् ।
पुल संचालन हुँदा बरेवा,बछनपुर्वा,अमाव,थस्कौल,वाड न ९ को पडरी,श्रीपुर,अरेम्बा बीर्ता,बारागढ़ी गाउँपालिका वाड नम्बर ५ को सिहासनी,पथरा लगायतका बासिन्दाहरु लाभान्वित हुनेछन् ।
वर्षाको समयमा यहाँका बासिन्दाहरुलाई सदरमुकाम कलैया जानको लागी लामो दुरी भएर जानु पर्ने बाध्यता पुल निर्माणका साथै समाप्त भएको उनको कथन थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कोल्हवीका नगर कमिटी सभापति वीरेन्द्रप्रसाद चौधरी,नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी,नेपाली कांग्रेस कोल्हवी – १० का वडा सभापति सुरेशबाबु चौधरी,१० का वडा अध्यक्ष कुन्जबिहारी चौधरी,वडा सदस्य कृष्णबाबु चौधरी,महिला सदस्य बिमला चौधरी,झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष लक्ष्मीनारायण प्रसाद चौधरी,समाजसेवी रबिन्द्र पनुहर,रामबाबु चौधरी,देवीचंद चौधरी,राजकुमार चौधरी लगायतका उपस्थिति रहेको थियो ।
मधेस प्रदेश सरकारको ७० लाख रुपैयाँको बजेटमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको वडा सदस्य कृष्णाबाबु चौधरीले बताए ।