बढ्न थाल्यो गौर प्रादेशिक अस्पतालमा प्रसुति सेवा लिने महिलाहरुको संख्या

गढिमाइ खबर
342 पाठक संख्या

ओम प्रकाश यादव/

अहिले अस्पतालको सेवा सुविधामा ब्यापक सुधार गरिएको तथा निशुल्क रुपमा प्रसुति गराउने भएपछि रौतहटको प्रादेशिक अस्पताल गौरमा सुरक्षित प्रसूति गराउने महिलाको संख्यामा बढेको छ।

पछिल्लो समयको तुलनात्मक रुपमा अस्पतालमा अहिले प्रसुति सेवा लिने महिलाहरुको संख्यमा बढेको हो । अस्पतालमा सेवा लिनेहरुको डाटालाई विश्लेषण गर्दा गत बर्षको भन्दा यो बर्ष प्रादेशिक अस्पताल गौरमा सुरक्षित रुपमा बच्चा जन्माउने महिलाको संख्या अत्याधिक बढेको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताएका छन् ।

गतबर्ष दैनिक ७,८ जना सम्ममात्र सेवाग्रही आउने गरेकोमा अहिले दैनिक जसो २० देखी २५ जनासम्म महिलाहरु प्रसुति गराउन आउने गरेको अध्यक्ष हाशमीले बताए । अस्पतालमा प्रसुति गराउने अनुभवी तथा दक्ष चिकित्सक र अन्य सेवा सुविधा तथा उपकरणको राम्रो व्यवस्था गरिएकोले पछिल्लो समय प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्या बढेको अध्यक्ष हाशमीको भनाई छ।

बुधवार मात्र प्रादेशिक अस्पतालमा मात्र १८ जना महिलाले विना अप्रेशन अर्थात नर्मल अवस्थामा नै बच्चा जन्माएकी छन भने ७ जना महिलालाई शल्यक्रिया गरी सफलतापूर्वक सुत्केरी गराइएको अस्पतालले जनाएको छ ।

मानिसमा चेतनाको स्तर बढेको भन्दै विगतमा भन्दा अहिले अधिकांश महिलाले नियमित गर्भ जाँचसमेत गर्ने गरेको बताए ।

अस्पतालमा रहेका पुराना,अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरूका कारण सबैतिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरले बताए ।

अस्पतालमा ३ जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् । भने चौबिसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिइने भएकालेले पनि गौर अस्पतालमा प्रसूति गराउनेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ ।

साझा गर्नुहोस्