भवन निर्माणका लागि भेटवालले गरे २ लाख ५५ हजारको सहयोग

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

अनिल कुमार साह/

नेपाल दरुण दलको भवन निर्माणका लागि तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले सो रकम सहयोग गरेका छन।

सो रकमबाट तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माण गरिने बताइएको छ।

तरुण दलको अभिभावकले लिएको भवन निर्माणको जिम्मेवारीमा सहभागि हुन पाउँदा आफू रहेको कुरा भेटवालले व्यक्त गरेका थिए । तरुण दलका अभिभावक गुरुङले लिएको अठोट र विश्वासमा एक सिपाही तथा संस्थागत राजनीतिलाई शिरोपर गरेर अघि बढ्ने उनले बताए ।

सोही अनुसार अध्यक्ष गुरुङले चलाएको अभियानमा आफ्नो दायित्व बोध सहित जोडिएको उनले बताए । आवश्यक परे वा दलले जिम्मेवारी दिएको खण्डमा आफ्नो भुमिकालाई सशक्त बनाउने तयार रहेको बताए । भवन निर्माणमा दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेको उनको भनाई छ ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक काममा पनि सक्रिय भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका थिए।

कोभिड–१९ महामारीका कारण निम्तिएको विषम् परिस्थितीका वाबजुद पनि भेटवालले समस्यामा परेका नागरिकहरुको सेवामा कुनै कसर बाँकी राखेन्न् ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा खाद्यान्न र नगद २ लाख रुपैयाँ सहयोग लिएर पुगेका भेटवालले सो समयमा समस्यामा परेका नागरिकलाई लक्षित गरी मकवानपुरगढी गाउँपालिकामा पनि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

कोभिड–१९ को असरमा परेका बटुवालाई समेत नीजि गाडीमा गन्तव्य सम्मको यात्रा गराउन उनको भुमिका रहेको थियो ।

कोभिड–१९ माहामारीको समयमा देश लकडाउनमा रहदाँ भेटवाल आफ्नै गाडीमा हेटौंडाको राप्ती पुलबाट लोथरसम्म समस्यामा परेका बटुवालाई ओसारपसार गरेका थिए ।

करिव २ दशक देखि मकवानपुरमा सामाजिक र राजनीतिक रुपमा क्रियाशिल रहेका भेटवाल विपद्मा मात्र नभइ असाहय र गरिव जेहेन्दार विद्यार्थिको अभिभावकत्व ग्रहणमा पनि अग्रसर छन् । उनको नेतृत्व र लगानीमा विद्यार्थिहरुले शिक्षा लिने अवसर पाएका छन् ।

तरुण दलको गत चैत १५ र १६ गते केन्द्रिय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोही अनुसार काठमाडौंको रवी भवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गर्नेछ ।

आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान अध्यक्ष गुरुङले चलिरहेको छन् । करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले बताए ।

मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका भेटवाल युवाहरु माझ लोकप्रिय नेताका रुपमा रहेका छन् । सामाजिक उत्तरदायित्व ग्रहणमा अग्रणि भुमिका निर्वाह गर्दै आएका भेटवालले मकवानपुरको समग्र विकास निर्माण तथा उद्यमशिलता समेत भुमिका खेल्दै आएका छन् ।

विपद्का समयमा अग्र भागमा रहेर काम गर्ने भेटवाल कोभिड–१९ को महामारीमा समेत मकवानपुरका नागरिकहरुको सहयात्री बनेका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *