भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४ सय ६० बोरा पोटास मल बरामद

#बारा प्रहरी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 100
पढ्न लाग्ने समय : 2 मि.

बारा प्रहरीले भारतबाट १३ वटा ट्रकमा ल्याइएका पाँच हजार चार सय ६० बोरा पोटास मल बरामद गरेको छ ।

एम.एस किसान ट्रेडर्स भारत कम्पनीको पोटास बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

१३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज,विराटनगर,बिर्तामोडतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा र ईलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकमा रोकि चेकजाँच गर्ने क्रममा थप ८ ट्रकलाई नियन्त्रणमा लिएको
हो ।

प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकबाट ना.५.ख.२९८७,ना.८.ख.८५२२,ना.८.ख. १८४५,ना. ६.ख.७३११ र ना ५ ख ५४०७ नम्बरको ५ ट्रकबाट पोटास मल दुई हजार एक सय बोरा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकबाट ना ५ ख ३३३,ना ७ ख १८६३,ना ५ ख ७७८६,ना ६ ख ३८३४,ना ७ ख ९८४४,ना ६ ख ३३४०,ना ८ ख २४९७ र ना ७ ख ९८५२ नम्बरको ८ ट्रकबाट पोटास मल तीन हजार तीन सय ६० बोरा खाद्य बरामद गरेको हो ।

प्रहरीले उक्त ट्रकबाट अन्दाजी मूल्य ८७ लाख ३६ हजार रुपैयाँ बराबारको पोटास मल बरामद गरेको छ ।

खाद्य सामाग्रीको कर सम्बन्धी विवरण शंकास्पद रहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

उक्त पोटास मल सहित ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बाराका प्रवक्ता न्यौपानेले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।