अवैध लागु औषध गाँजा खेती फँडानी

गढिमाइ खबर
288 पाठक संख्या

बारामा १६ कट्ठामा लगाईएको गाँजा खेती फँडानी भएको छ ।

नेपाल सरकार द्वारा प्रतिबन्धित गाँजा खेती प्रहरीले कारवाहीको सिलशिलामा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा अनुसार निजगढ नगरपालिका वडा नं.१२ मा लगाईएकोे गाँजा खेती ईलाका प्रहरी कार्यालय निजगढले नष्ट गरेको हो ।

प्रहरी टोलीले १६ कट्टा खेतमा अवैध रूपमा लगाईएको २० हजार गाँजाको बोट नष्ट गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने उनले बताए ।

साझा गर्नुहोस्