सर्राफको हत्यारालाई कडा कारवाही गर्न माग

गढिमाइ खबर
183 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल नेशनल प्याव्सनले रुपेश कुमार सर्राफ (गुड्डु) सरको हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ ।
एशोसिएसन नेपाल बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी कारवाहीको माग गरेका हुन् ।
बाल एकता प्लस दुई बोर्डिङ्ग स्कूलका प्रिन्सिपल तथा संचालक तथा एन प्याव्सन बाराका उपाध्यक्ष सर्राफको हत्या भएकोमा उनको आत्माको चिर शान्तिको कामना सो विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा मंगलबार विद्यालय, उद्योग तथा व्यापार बन्द गरी समर्थन जनाउन आग्रह गरिएको छ ।
दोषी उपर अविलम्ब कारवाही नगरे २४ घण्टाभित्र चरणबद्ध आन्दोलनको कार्यक्रम ल्याउने सो विज्ञप्तिमा उल्लेख गरिएको छ । रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी बाराका जिल्ला संयोजक चन्दन कुमार कुमार स्वर्णकारले एक विज्ञप्ति जारी गदै घटनामा संलग्नलाई पक्राउ गरी कानुन अनुसार दण्डित गरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मजबुती गर्न माग समेत गरेका छ ।

साझा गर्नुहोस्