सिकेन्द पासवान/
बारा जिल्लाका निजी बिद्यालयहरुमा चर्को शुल्क र बर्षेपिछे पाठयपुस्तक चेन्ज गर्नुले अभिभावकहरुले सास्ती भोग्नु परेको छ ।
निजी विद्यालयहरुले प्रयोगशाला शुल्क, खेलकुद शुल्क, भ्रमण शुल्क, परिक्षा शुल्क,सरसफाई शुल्क लगायतका अन्य शुल्कहरु गरेर लिने गरेका छन ।
दक्ष जनशतिmको अभावकाबिच निजी बिद्यालयहरुले पठ्न पाठन गराउनुले पनि बिधार्थीमा घोकन्ते बानीको बिकास हुदै गएको अभिभावकहरुको दुखेसो गरेका छन । आइकार्ड, बेल्ट, टाई समेत बिधालयमा नै बजार भन्दा दोबर मुल्यमा बिक्री गर्ने गरेको अभिभावकको गुनासो रहेको छ ।
कमिसनका लागि निजी बिद्यालयका संचालकहरुले बर्षेनी कक्षा पिच्छे पाठयक्रम परिवर्तन गरि अनिवार्य रुपमा बिद्यार्थीहरुलाई किताब किन्ने बाध्यता पार्ने गरेको एक अभिभावक रिना पंजियारले बताईन । त्यति मात्र नभई शुलभ शौचालय, शुद्ध खानेपानीको राम्रो व्यवस्था नभएको, दलित वालवालिकाहरुलाई १० प्रतिशत फिसमा छुट गराउने सरकारको निणर्यलाई पनि निजी बिधालयका संचालकहरुले परिकल्पना गरेको पाईदैन नदलित अगुवा कलावती पासवानले आरोप लगाईन । प्रायः जसो बिद्यार्थीहरु आफनो घरबाट नै बोतलमा पानी भरी झोलामा लिएर जाने गर्दछ उनले भनिन, सरसफाई नभएको कारण शौचालय धेरै गनाउने गरेको कारण, बिद्यालयमा दिशा लाग्यो भने बिधार्थीहरुलाई धेरै समस्याहुने गरेको बिद्यार्थीहरुको गुनासो रहेको छ ।
त्यसो त अन्तर्राष्ट्रिय मापडण्ड अनुसार बालकको तौल भन्दा झोलाको तौल १० प्रतिशत मात्र हुनुपर्ने भएपनि तौलको ५० प्रतिशतभन्दा बढी तौलको किताव , कोपी समेत बोक्न बाध्य गराउन्छ बिद्यालयहरुलाई बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठको भनाई छ ।
कक्षा १देखि ५ सम्मजम्मा ५ वटा बिषयहरु पठनपाठन गराउने राष्ट्रिय निति रहेको भएपनि निजी बिद्यालयमा अतिरितm क्रियाकपालका कारण बिषयहरु थप हुन्छ अनि किताव बढी हुने गर्दछ पत्रकार महासंघका सदस्य एवम शिक्षक पनालाल दास बताउन्छ ।
बालबालिकाहरुले आफु सरहको भारी झोला बोक्दा कम्मरमा समस्या हुने,कलिलो मेरुडण्डमा भार पुग्दा स्वास्थमा नकारात्मक असर पर्दा दिर्घकालिन रुपमा कमजोरी बनाई राख्ने, नासा सम्बन्धी रोगले च्याप्ने जोखिम पनि उतिकै हुन्छ डाक्टर ओमप्रकाश कुसवाहाले बताउछन । भारी बोझका कारण थाकेको शशिरले पढन मन लाग्दैन, हलुका भए जीउ पनि हलुका हुने पढने मन पनि गर्ने गर्दछ । नागरिक समाजका अगुवा उमेशलालको कथन रहेको छ ।
बालअधिकारको हनन् गरि आफु नाफा खाने निजीबिधालयहरुलाई कारवाहीको दायरामा ल्याउन अध्यक्ष दासको माँग रहेको छ । गहुगो किताव, कापीको भारी तौल हुदा कति पयका अभिभावकहरुले झोला बोकेर स्कुल सम्म आफना नानीबाबुहरुलाई पुगाउने गरेको बाध्यता पनि रहेको छ । व्याबप्सनका जिल्ला अध्यक्ष हरिदेव खरेलले बिद्यालयको स्तर अनुसार फिस लिने गरेको बताउदै कतिपय निजी बिधालयहरुले अल्पकालिन सोच राखेर बिधालय संचालन गरिरहेको हुदाकमजोरी भईरहेको बताए ।
दिर्घकालिन रुपमा संचालन गरिएको निजी बिधालयहरुमा भने कुनै प्रकारको कमी कमजोरी हुनेनगरेको खरेलको दावी रहेको छ । एन व्याब्सनका जिल्ला अध्यक्ष प्रभुलाल कुसवाहाले अनुगमनको पाटोलाई प्रभावकारी बनाउने र कमीकमजोरी देखि एत्यसतालाई निजी बिद्यालयहरुलाई कारवाहीको दायरामा ल्याउनका लागि सिफारिस गर्ने बताए ।
जिल्ला समन्वय एकाई बाराका निमित प्रमुख बृजकिशोर साहले निजी बिधालयहरुमा देखिएको कमजोरीलाई सुधार गर्नका लागि आफुले आफनो स्तरबाट कुनै कसर बाकी नराख्ने प्रतिक्रिया दिए । निजीबिधालयका संचालकहरुले समयमा अभिभावकहरु पैसा नै नदिने गरेको , बिभिन्न समस्याहरु देखाउदै समय लम्बायाउने गरेकाकारणले पनि केहीहद सम्म समस्या उत्पन्नहुने गरेको स्वीकार गरेका हुन ।