श्रीपञ्चमीको अवसरमा मूर्ति स्थापना

गढिमाइ खबर
117 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

श्रीपञ्चमीको अवसर पारेर सुवर्ण गाउँपालिकाले विहीवार सरस्वती माताको मन्दिर तथा मूर्ति स्थापना गरेको छ ।

गाउँपालिका अन्तर्गत रहेको श्रीब्रहमबाबा आधारभूत आधारभूत विद्यालयमा सरस्वती माताको मूर्ति स्थापना गरिएको हो ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले वैद्धिक विधिद्धारा उक्त मूर्ति स्थापनाको गरिएको गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र साहले जानकारी दिनुभएको छ ।

विहीवार विद्यालय प्राङ्गणमा मूर्ति स्थापना गरी सरस्वती पूजा तथा प्रसाद वितरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादव शिक्षा शाखा अधिकृत विध्यान्द्र यादव तथा नेपाली काग्रेसका युवा नेताहरु सतेन्द्र प्रसाद यादव र विजय सिंह लगायतको सहभागिता रहेको थियो ।

 

साझा गर्नुहोस्