स्वास्थ्य शिबिरमा ५ सय ५० जनाको आँखा चेकजाँच

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

रञ्जन यादब/
बाराको जीतपुरमा रेडिमेड ब्यवसायी संघको आयोजनामा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

शिबिरमा ५ सय ५० जनाले आँखा चेकजाँच गराएका छन् । जसमा २५ जनामा मोतियाबिन्दुको लक्षण देखा परेको रेडिमेड ब्यवसायी संघका अध्यक्ष फैयाजुल हक अंसारीले जानकारी दिनुभयो ।
बिरगंज सामुदायिक आँखा केन्द्रको प्राबिधिक सहयोगमा भएको शिबिरमा निशुल्क औषधी बितरण गरिएको थियो ।

जीतपुर स्थित एमरल्ड एकेड्मी ईङ्गलीस बोडिङ्ग स्कुलमा भएको शिबिरको उद्घाटन जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै लामिछानेले जनप्रतिनिधिहरु जनताको स्वास्थ्यप्रती गम्भिर हुनुपर्ने बताउँनुभएको छ ।

जनप्रतिनिधिले गर्नुपर्ने कार्यहरु पनि ब्यवसायीहरुले आफनो सामाजिक उत्तरदायित्व बुझी गरिरहेकोमा खुसी ब्यक्त गर्नुभयो । स्वास्थ्य भन्दा ठुलो धन केही नहुने हुनाले सबैले आफनो स्वास्थ्यको समय समयमा हेरबिचार गर्नुपर्नेमा जोड दिनुभयो ।

शिबिरमा बिरगंज सामुदायिक आँखा केन्द्रका डा. प्रभात चौरसिया ,डा.नयन यादब र डा.अञ्जली मेहताले प्राबिधिक सहयोग गरेका थिए । मोतियाबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीयाबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइएको चिकित्सकहरुले बताएका छन् ।

मोतीयाबिन्दु भइसके पछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठिक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।

नेपाल नेत्र ज्योती संघद्वारा सञ्चालीत वभिन्नि अस्पतालहरूले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा देशै भरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिबिर सञ्चालन गर्दै आइरहेका छन् ।
रेडिमेड ब्यवसायी संघ जीतपुरका अध्यक्ष फैयाजुल हक अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प बकुलियाका सशस्त्र प्रहरी नायब उपरिक्षक जनकजंग भण्डारी , ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक रमण पण्डित , एमरल्ड एकेड्मी ईङ्गलीस बोडिङ्ग स्कुलका प्रिन्सिपल सरोज चन्द्रकार्की , बिरगंज सामुदायिक आँखा केन्द्रका ब्यवस्थापक प्रेम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन एमरल्ड एकेड्मी ईङ्गलीस बोडिङ्ग स्कुलका शिक्षक रोशन गुप्ताले गर्नुभएको थियो । घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *