खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औं बार्षिक साधारणसभा सम्पन्न

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरा स्थीत कार्यालय परिषरमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।बारा क्षेत्र नं.४का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ(किसान)ले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथी समेत रहनु भएका सांसद श्रेष्ठले मानवजीवन र स्वास्थ्यसँग जोडिएको खानेपानीको श्रोत सिमरा खानेपानी संस्थाले उपभोक्ताको मन जितेको बताउनु भयो । स्वस्थ्य र सफा वातावरणका लागि वनसम्पदा सहितको प्रकृतीको रक्षा आवश्यक भएको उहाँको भनाई थियो ।

खानेपानी र सरसफाईका क्षेत्रमा बनेका योजनामा समुदायसँग आफु सहकार्य गर्न आफु संधै तयार रहेको उहाँले बताउनु भयो ।यस्तै बारा क्षेत्र नं.४ क प्रदेशसभा सदस्य देवनाराण चौधरीले खानेपानीको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

लाखौं उपभोक्ताको प्रत्यक्ष जीवन जोडिएको पानिको भण्डारण र वितरणमा लापरवाही हुन नदिन चनाखो हुनपर्ने बताउनु भयो । यसका लागि आवश्यक सहयोग गर्न संधैं तयार छुु, चौधरीले भने ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारी, सहकारी अभियन्नता मुकुन्द बहादुर श्रेत्री, वडा नं.२ का अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं.३ का अध्यक्ष तारा कार्की, नेपाली काँग्रेस जितपुरसिमरा नगर सभापती छविलाल शर्मा, एमाले नेता रमेश खरेल, राप्रपा नेता माधव प्रसाद त्रिपाठी, थानीमाई वन उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

संस्थाले बार्षिक साधारण सभाको अवसरमा नियमित महशुल बुझाउने मध्येका उत्कृष्ठ ३ जना उपभोक्तालाई सम्मान गरेको छ । संस्थाका उपभोक्ता लीला मगर गुरो, यम बहादुर भण्डारी र होम प्रसाद सिम्खडालाई प्रमुख अतिथी संघिय सांसद श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

५ हजार ५९ उपभोक्ता आवद्ध सिमरा खानेपानी संस्थाको २ भदौकालागि बार्षिक साधारणसभा बोलाईएको थियो । उक्त दिन कोरम नपुगेर स्थगन गरिएको २१औं बार्षिक सभा आज सम्पन्न भएको हो ।

संस्थाको अध्यक्ष काशिम हुसेनको अध्यक्षता, कार्यसमिति सदस्य निर्मला थापाको स्वागत र प्रशासन सहायक निर्जल घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएका हो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *