कलैया लगायत देशैभर चैती छठ धुमधामका साथ मनाईदै

गढिमाइ खबर
71 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

हरेक वर्ष झैं यस वर्ष पनि चैती छठ देशै भरी धुमधामका साथ मनाइँदै छ । सुख , शान्ति, समृद्धि तथा उन्नति प्रगति प्राप्त हुने जन विश्वासका साथ हरेक वर्ष यो पर्व मनाइने गरिन्छ।

यो पर्व वर्षमा दुई पटक कार्तिक र चैत महिनामा मनाउने गरिन्छ। पहिला पहिला यो पर्व तराईका जिल्लाहरुमा मात्र सिमित रहेकोमा आजभोलि पहाडका जिल्लाहरुमा समेत धुमधामका साथ मनाउने गरिन्छ ।

छठपर्व अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर सुरुवात गरिन्छ भने भोली पल्ट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर समापन गरिन्छ। कलैयामा रहेको रामजानकी पोखरी, सिद्देश्वर पोखरी, चिम्नीमाई पोखरी, बरेवा पोखरी, लगायतका जलाशयहरुमा सजावट गरी धुमधामका साथ पर्व मनाइरहेका छन।

पहिला पहिला चैती छठ धेरै कम मानिसहरू ले मनाउँदै आएकोमा आज भोली चैती छठ मनाउने मानिसहरुको पनि संख्या दिनानुदिन बढ्दै गैरहेको देखिन्छ।

साझा गर्नुहोस्