एन आर एन एन्युयोर्कको सचिबमा अधिकारीको उम्मेदवारी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 174
पढ्न लाग्ने समय : 1 मि.

न्युयोर्क ः

गैर आवासीय नेपाली संघ एन आर एन एन्युयोर्कको सचिब पदमा बसन्त अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
यहि जुलाई २२ र २३ तारिखमा न्युयोर्कमा हुन गइरहेको अधिवेशनमा अधिकारीले सचिबपदमा उम्मेदवारी घोषणा गर्दै मतदानका लागिअपिल गरेका छन् ।

विगत पाँच बर्षदेखि एनआर एन एअभियानमा सकृय रहेका अधिकारीले  पारदर्शिता रुपान्तरण प्रविधि मैत्री एन आर एनए अमेरीका नेपाली समुदाय भन्ने अभियान सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारीले १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै अमेरिकामा रहेका नेपाली समुदायसंग मतदानका लागि अपिल गरेका छन् ।

अधिकारीले अमेरीकी समाजको मुलधारमा नेपालीहरुको बलियो उपस्थिती, अमेरीकामा रहेको नेपाली समुदायको एकता, नेपाली समुदायका लागि सन्तुलित कार्यक्रम, महिला तथा युवामैत्री कार्यक्रम लगायतलाई जोड दिएका छन् ।

अधिकारीले एन आर एनए सँधैका लागि सबैका लागिभन्ने नारालाई व्यवहारमालागु गर्न आफू प्रतिवद्ध भएर लाग्ने उल्लेख गर्दै अमेरीकामा रहेका नेपाली समु्दायका लागि आवश्यक्ताका आधारमा कार्यक्रम सञ्चालनलाई जोड दिएका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।