बारामा किसानले उखु जलाएर गरे सडक अवरुद्ध,चिनी मिलसँग क्षतिपूर्ति माग

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 492
पढ्न लाग्ने समय : 1 मि.

बारा । बाराका किसानहरुले समय नै नपुगी उखु सुक्न थालेपछि ऊनीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध गरेका हुन् ।

श्रीपुरघाट चोकमा सडकमै सुकेको उखु जलाएर उनीहरुले प्रदर्शन गरेका थिए । रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरु समस्यामा परेको उनीहरुले आरोप लगाएका छन् ।

सडक अवरुद्ध भए पछी केहि बेर सवारी आवगमन ठप्प भएको थियो । बीऊ राम्रो नपरेकोले उखु सुकेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर केहिबेर सडक अवरुद्ध गरेको बारा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । किसानलाई सम्झाई बुझाई गरेर बाटो खुलाएको बताउँदै उनले समस्या समाधानका लागि भोलि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत बोगटीले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।