वीरगञ्ज
पर्सा क्षे त्रनम्बर १ बाट प्रतिनिधी सभा सदस्य उममेदवार लक्ष्मण लाल कर्णले घरदैलो कार्यक्रमलाई झनै तिब्र बनाएका छन ।
कर्णले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा मतदाताहरुसित भेट गरि घरदैलो कार्यक्रम गरेका हुन ।
घरदैलोको क्रममा बाम लोकतान्त्रि गठबन्धनमा आबद्ध रहेका नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका जिल्ला स्तरीय नेताहरु समेत सहभागी भई कर्णको लागि मत मागेका छन ।घरदैलो क्रममा कर्णले बाम लोकतान्त्रिक गठबन्धनमा रहेका सबै दलहरु आफुलाई सहयोग गरिरहेको जित्नेमा ढुक्क भएको बताएका थिए ।
उनले सँबिधान र लोकतन्त्र रक्षाको लागि देशमा बाम लोकतान्त्रिक गठबन्धन बनेकोले यही गठबन्धन देशको हितमा रहेको बताएका थिए ।कर्णले एमाले जसपा गठबन्धनले देशको हित नगर्ने जिकिर गरेका थिए ।