वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ को १ का उम्मेदवार अनिल कुमार कुशवाहाले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।उनले बुधबार वीरगञ्ज् महानगरपालिका वडा नम्बर २० हरपतगञ्जमा घरदैलो कार्यक्रम गरेका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका युवा नेताको रुपमा परिचित कुशवाहाले वडा नम्ब्र २० का मतदाताहरुसित भेटघाट गरि घरदैलो गरेका हुन ।सो क्रममा जनताहरुले युवा उम्मेदवारलाई रुचाएको र अबको राजनितीमा युवा नै अगाडि आउनु पर्ने बताएका थिए ।
कुशवाहालाई मतदाताहरुले जितको अग्रिम शुभकामना समेत दिएका थिए ।
घरदैलोको क्रममा वडामा रहेका पुराना राप्रपाका नेताहरु युवा उम्मेदवारलाई पाएर खुशी भएका थिए ।परिबर्तन सम्भव छ हाम्रो पालामा अब ५ बर्ष युवाको हातमा भन्ने नारासहित घरदैलो कार्यक्रम कुशवाहाले गरिरहेका छन ।