जीतपुरसिमराका ब्यवसायिहरुले भने ः बैँकले हामीलाई आर्थिक ,समाजिक तथा मानसिक तनाव दियो

गढीमाईखवर डट कम
111 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादब /
बारा
जीतपुरसिमराका ब्यवसायिहरुले बैँकको गतिबिधि कारण आफुहरुले आर्थिक ,समाजिक तथा मानसिक तनाव खेप्न बाध्य भएको बताएका छन् । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको सभा हल जीतपुरमा आयोजना गरिएको शुभकामना अदान प्रदान कार्यक्रममा ब्यवसायीहरुले समान प्रकृतिको बैँकहरुले पनि फरक ,फरक ब्याजदर ब्यवसायी माथि चार्ज गर्नु , ब्यवसायमा मन्दी छाएको अवस्थामा पनि ब्यवसायीलाई गर्ने ब्यवहार राम्रो नहुनु ,ऋण लिने प्रक्रिया पनि लामोे हुनु लगायतको गुनासो गरेका थिए ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुरसिमरा उपमहानगरलाई शिक्षा ,स्वास्थ्य ,पर्यटन र खेलकुदको हबको रुपमा बिकास गर्नमा बैँकहरु साथ र सहयोग महत्वपुणर् हुने बिश्वास ब्यक्त गर्नुभयो । उद्योगी ब्यवसायीहरु धरासायी भएको अवस्थामा बैँकले ब्यवसायीमाथि दिएको दबाब र प्रेसर उचित नभएको भन्दै सरोकारवालाहरुको ध्यानआकर्षण गरेका थिए ।नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले उपमहानगरले फोहारको उचित ब्यवस्थापन र ६ लेनको सड्क निर्माण शिघ्र गर्नमा दबाब सिर्जना गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

।जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनु भएको थियो ।

 

।कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता ,जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख, गढीमाई साझेदारी बन पथलैयाका अध्यक्ष गणेशजी प्रसाद साह ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता, अनुसन्धान विभाग सिमराका प्रमुख, राजश्व अनुसन्धान पथलैयाका प्रमुख, आन्तरिक राजश्व सिमराका प्रमुख, विरगञ्ज उद्योग वाणिज्यका अध्यक्ष, उपाध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा बैंकर्स क्लबका अध्यक्ष कृष्णा गौतम, नगर उद्योग वाणिज्य संघका पुर्व महासचिव शिवजी साह सोनार लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमकोेसञ्चालन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले गर्नु भएको थियो । कार्यक्रममा बैँक तथा बित्तिय संस्थाका प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्