बाल एकताले मनायो ३३ औं बार्षिकोत्सव

गढिमाइ खबर
12 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको सदरमुकाम कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्टले ३३ औं बार्षिकोत्सव भब्यताका साथ मनाएको छ ।

विद्यालयको ३३ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमको कलैया उपमहानगरपालिका का शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद प्रसाद वर्णवालले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारले बाल एकता बोर्डिङ स्कुलका प्रिन्सपल स्वर्गीय रुपेश स्वर्णकारका तस्बिरमा फुलमाला अर्पण गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहा,राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख निवेश तिमल्सिना र मायादेवी मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक डिएसपी डाक्टर सुरेन्द्र प्रसाद साह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको वार्षिकोत्सबको अवसरमा विधालयका विद्यार्थीहरुले होलीनृत्य लगायत विभिन्न किसिमको प्रस्तुत सांस्कृतिक कार्यक्रमहरु प्रस्तुति गरेका थिए ।

कार्यक्रममा बिधालय प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन अनुज श्रीवास्तवले गरेका थिए ।

साझा गर्नुहोस्