जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु आन्दोलमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 415
पढ्न लाग्ने समय : 2 मि.

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु विहीवार कामकाज ठप्प पारी आन्दोलीत भएका छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्कीले उपमहानगरपालिकाको कार्यालयमा कार्यरत दुई जना अमिनहरुलाई आफुले भने अनुसार जग्गा न नापेको भन्दै करिब तीन घण्टा एउटा सटर भएको कोठामा थुनेर बन्दक बनाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

वडा नम्बर तिनका वडा अध्यक्ष कार्कीले अमिनद्वय प्रदिप कुमार बैठा र अम्बिका प्रसाद कुशवाहालाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै तथानाम गाली गलौज गर्दैै कोठामा लगेर थुनेका हुन् ।

वडाअध्यक्ष कार्कीले अमिनद्वयलाई विवादित मुद्दा परेको सरकारी जग्गा जबरजस्ती नाप्न लगाई मुचुल्कामा सहि छाप गर्न भने पछि अमिनहरुले कानुन विपरीत हुने भन्दै नमाने पछि कोठामा लगेर थुनेका थिए ।

अमिन कुश्वाहाले वडा अध्यक्ष कार्कीले अवैध काम गराउन खोजे पछि नमान्दा आफूहरुलाई बुधबार दुव्र्यवहार गर्दै कोठामा लगेर थुनेको र साँझ नगर प्रमुख राजन पौडेलको पहलमा प्रहरीले उद्धार गरेको बताएका छन ।

वडा अध्यक्ष कार्कीले गल्ती स्वीकार गरी माफी न मागेसम्म सम्पुर्ण कामकाज ठप्प रहने आधिकारिक ट्रेड युनियन बाराका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिए । ट्रेड युनियन बाराका अध्यक्ष कार्कीले कर्मचारीहरुको सुरक्षा र कार्य गर्ने बाताबरण नबनेसम्म आन्दोलन जारी रहने बताए ।

कर्मचारी आन्दोलित भए पछि सबै वडामा दिनभर सेवाग्राहीले सेवाबाट बन्चित बनेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकामा करिब तीन सय जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।