प्रदेश सांसदकोलागि मधेस प्रदेशबाट अपाङ्गता संगठनले तीन जनाको नाम सिफारिस

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/बारा

नेकपा माओवादी केन्द्र निकट अपाङ्गता संगठन नेपाल,मधेस प्रदेशले प्रदेश सांसदकोलागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनकोलागि मधेस प्रदेशबाट तीन जनाको नाम समानुपातिक तर्फबाट केन्द्रिय कमिटीमा सिफारिस गरिएको केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश ईन्चार्ज धनप्रसाद बजगाँईले जानकारी दिनुभयो ।

सिफारिस हुनेमा बाराबाट शोभराती मिया ,रौतहडबाट दिलमाया मगर र सिराहाबाट उमेश बराल रहेका छन् ।पाटीले मधेस प्रदेशबाट अपाङ्गता कोटामा सभासद बनाउँनुपरे यी ब्यक्तिहरुलाई प्रदेश सभासदकोलागि अपाङ्गता संगठन नेपाल,मधेस प्रदेशले सिफारिस गरेको हो ।

लामो समय देखि सङ्गठनको कार्यमा क्रियाशिल ,अनुशासित र क्षमतावान ब्यक्तिहरुको नाम सिफारिस भएको मधेस प्रदेश ईन्चार्ज बजगाँईले बताउँनुभयो ।गत भाद्र १६ गते भएको केन्द्रिय कमिटीको सिफारिस छलफल कार्यक्रममा मधेस प्रदेशका ईन्चार्ज,सचिब ,मधेस प्रदेश अध्यक्ष र केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *