बाराको महागढीमाई नगरपालिका – ९ स्थित रहेको कञ्चनपुर चौकमा टावर लाइटको शनिबार उद्घाटन गरिएको छ ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवले एक कार्यक्रमवीच टावरको उद्घाटन गरेका हुन् ।
महान पर्व छठका अवसरमा उज्यालो र सुन्दर नगरी बनाउने उदेश्यले नगरपालिकाको बजेटबाट वार्ड नम्बर ९ कञ्चनपुर चौकमा टावर लाईटको जडान गरिएको हो ।
प्रमुख अतिथि समेत रहेका यादवले छठका दिन वार्ड नम्बर ७ स्थित रहेको कटवासीमाई मन्दिरको प्राङ्गणमा १ थान टावर लाइटको व्यवस्था गरिएको बताए ।
बेनौली चौकमा १ थान र वडा नम्बर २ मा रहेको महागढीमाई नगरपालिकाको नव निर्मित प्रशासनिक भवनमा ७० फिटको हाइटमा समेत १ थान गरि तीन स्थानमा टावर लाईटको उदघाटन गर्ने कार्यतालिका रहेको उनले बताए ।
नगर प्रमुख यादवले नगरभरीका विद्यालयमा ३० वटा सोलार लाईट जडान गर्ने योजना रहेको बताए । आफ्नो कार्यकालमा चौतर्फी बिकास गरि मधेस प्रदेशमै विकसित नगरपालिका बनाउने लक्ष्य रहेको उनले जनाए ।
कार्यक्रममा वार्ड नम्बर ९ का वार्ड अध्यक्ष दिलिप शुक्ला,श्री गढीमाई नमुना प्राविधिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र गुप्ता, रामअधार शार्मा,साजन गुप्ता शर्बेश गुप्ता,वार्ड नम्बर १ का वार्ड अध्यक्ष मनोज गुप्ता,महागढीमाई नगरपालिका का नगर प्रहरी इन्चार्ज अनिल कुमार लहेरा र स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो ।