पर्सामा नक्कली घुमुवा प्रहरी पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 140
पढ्न लाग्ने समय : 1 मि.

पर्सा प्रहरीले मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जबाट एक जना नक्कली घुमुवा प्रहरीलाई पक्राउ गरेको छ ।

नक्कली घुमुवा प्रहरी बनि ब्यापारीसित रकम उठाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ बर्षिय गोबिन्द महतो कोईरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कोईरीले ५÷६ महिना देखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट  खटि आएको बारा,पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्ज स्थित ब्यापारीहरुसँग महिनावारी रकम उठाउदै आएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

कोईरीलाई वीरगञ्ज महानगरपालिका–२३ स्थित २३ सुगौली विर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।