उद्यमान गायिका सरिता मुखियाको तीनवटा भोजपुरी धार्मिक गित सार्बजनिक

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 725
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ निवासी उद्यमान गायिका सरिता मुखियाको तीनवटा भोजपुरी धार्मिक गित सार्बजनिक भएको छ ।

आउँदै गरेको हिन्दुहरुको महान् चाडपर्वहरुलाई लक्षित गरि आफ्नै रचना र स्वरमा रहेका गीतहरु सार्बजनिक भएका हुन् ।

गायिका मुखियाले गणेश पुजा,दशै तथा छठ पर्वका ३ वटा गीत भोजपुरी भाषामा गायएकी छिन् । गणपति बाबा अईहे कि ना, कैसे करि माई तोहको बिदाई, छठी माई करिना उद्धार लगायतका गीतहरु जीतपुरमा आयोजित पत्रकार सम्मेलनमा सार्बजनिक भएका हुन् ।

गायिका सरिता मुखियाले यो आफनो पहिलो एल्बम भएकाले यसलाई मन पराई दिन अनुरोध गरेकी थिईन् ।

आफु अहिले गायिका सिक्ने क्रममा नै रहेकाले गितमा पक्कै केही त्रृटीहरु होलान् त्यसलाई देखाईदिन् भनिन् ।

सार्बजनिक भएका गितहरु युट्युबमा उपलब्ध रहेको जनाईएको छ । गित सार्बजनिक कार्यक्रमको सञ्चालन समाजसेवी मनोज साहले गरेका थिए ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।