वीरगञ्ज ठोरी हुलाकी सडक खण्ड अन्र्तगत वीरगञ्जको तिलावे पुल पुरा नबन्दै उदघाटन हुने भएपछि त्यसको बिरोध भएको छ ।
तिलावे पुलको काम सम्पन्न नहुदै पुलको बुधबार उदघाटन हुने भएपछि त्यसको बिरोध भएको हो ।
समाजिक सञ्जाल फेसबुकमा समाजिक कार्यकर्ता,नेता,राजनितीक दलका कार्यकर्ता लगायतले तिलावे पुलको काम सम्पन्न नहुदै उदघाटन हुने भएपछि बिरोध भएको हो ।
तीन बर्षमा ठेक्का दिइएको पुल ठेकेदार कम्पनीले सातबर्ष सम्ममा पनि सबै कार्य सम्पन्न नगरी नै उदघाटन गर्ने कार्यक्रम राखिएपछि त्यसको बिरोध भएको हो ।
समाजिक सञ्जाल फेसबुकमा समजिक अभियन्ता ब्रिजेश्वर चौधरीले तिलावे पुलको उदघाटनको बिरोध गर्दै तिलावे पुल अहिले पुरै अघुरै अवस्थामा रहेको प्रष्ट रुपमा देखीएपनि हतारमा यसरी पुलको उद्घघाटनको आवश्यकता नै देखिएको बताएका छन ।
उनले तीन बर्षको ठाउमा सातबर्ष सम्म कुर्दा हतार नभएको तर अहिले आए पुल उदघाटनको एकाएक किन हतार भएको भन्दै प्रशन गरेका छन चौधरीले आफनो फेसबुक वालमा लेखेका छन, ॅतिलावे पुल अहिले पुरै अघुरै अवस्थामा रहेको हामी सबै जना प्रष्ट रुपमा देखी रहेका छौ। यति हुदा हुदै पनि हतारमा यसरी उद्घघाटनको आवश्यक्ता नै देखिएन । ३ सालको ठाउमा ७ साल सम्म कुर्दा हतार नै थिएन ।
अहिले के को यति हतार ? बढ़ीमा १-२ महिना थप अरु लागला ।‘फेसबुकमै तिलावे पुलको उदघाटनको बिरोध गर्दै स्थानीय युवा जय यादवले सवारी साधन गुड्न नसक्ने अवस्थामा पनि तिलावे पुलको उद्धघाटन गर्ने तयारी गरिएकोमा बिरोध जनाएको बताएका छन ।
उनले पुलको काम सम्पन्न नहुदै बिचमै उदघाटन हुनुमा आफनो घोर आपत्ती र बिरोध भएको बताए ।‘ यादवले फेसबुकमा लेखेका छन,लेखेका छन,’ सवारी साधन गुड्न नसक्ने अवस्थामा पनि तिलावे पुलको उद्धघाटन गर्ने तयारी गरिएको छ ।
घोर आपत्ती र बिरोध छ मेरो २०७२ साल जेठ २५ गते तीन बर्षमा पुल निर्माण गर्ने कार्य सम्पन्न गर्नको लागि पप्पु लुम्बिनी जेभीले ७ करोड ७१ लाखमा ठेक्का साकार गरेका थिए ।
तर अहिले सातबर्ष बितिसक्दा पनि पुलको सबै काम पुरा नै नगरि उदघाटन गर्न लागिएपछि बिरोध भएको हो बुधबार तिलावे पुलको उदघाटन हुने भन्ने कुरा आफुले पनि लागिएको सुनेको । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकृत इन्जिनियर दुर्गा मण्डलले बताए ।
पर्सा जिल्लालाई सदरमुकाम वीरगञ्जसित जोडने लाईफ लाईनको रुपमा रहेको तिलावे पुलको निर्माण लामो समयदेखि सम्पन्न नहुदा पर्साबासीहरु मारमा पर्दै आएका छन ।जिल्लाको ग्रामीण भेगका जनताहरु सदरमुकाम आउनको लागि दिनहु घण्टौ जाममा पर्ने गरेका छन ।