शेयर सदस्यहरुद्धारा मनहर्वा साना किसानमा तालाबन्दी

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 681
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव/

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वा स्थित साना किसान कृषि सहकारी संस्थामा तालाबन्दी गरिएको छ ।

गत असार १९ गते राती १२ लाख ७३ हजार नौ सय १५ रुपैयाँ चोरी भएको भनिएको घटनाले उग्र रुप लिएपछि साना किसान कृषि सहकारी संस्थाको मूख्य कार्यालय घेराउँ गरी स्थानीयबासी र शेयर सदस्यले तालाबन्दी गरेका हुन् ।

प्रहरीले कर्मचारी र सञ्चालको मिलामतोमा घटना ढाकछोपको प्रयास गरेको आरोप लगाएका छन् ।घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकोे चोरीको उक्त घटना र सिसिटीभी फुटेजलाई नाट्कीयको संज्ञा दिएका छन् । उनीहरुले घटना शंकास्पद रहेको भन्दै कर्मचारी र सञ्चालक माथी नै छानबीन हुनुपर्ने माग राखेका छन् ।

संस्थाका अध्यक्ष र कर्मचारीले नै घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै स्थानीयबासी र संस्थाका शेयर सदस्यहरु आक्रोशित बनेका हुन् । सहकारी संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले गैह्र सहकारीका सदस्यहरुले नियम बिपरित संस्थामा तालाबन्दी गरेको आरोप लगाउँनुभयो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।