निजगढका मेयर खनालले फिर्ता गरे आफुले प्रयोग गर्दै आएको सवारी

गढीमाईखवर डट कम
37 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गरेका छन ।

मेयर खनालले नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्र्कीलाई बुधबार चाबी हस्तान्तरण गर्नुभएको छ ।

आउदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी आचारसंहितालाई लक्षित गर्दै मेयर खनालले सरकारी सवारी साधन फिर्ता गरेका हुन ।

आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन नगरपालिकाका प्रमुख प्रशाशाकिय अधिकृतलाई बुझाएको मेयर खनालले बताउनुभयो ।

मेयर खनालले सवारीसाधनसंगै व्यक्तिगत रुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गर्नुभएको छ। वर्तमान मेयर खनाल आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निजगढको मेयर पदको आकांक्षी रहनुभएको छ ।

साझा गर्नुहोस्