निजगढका मेयर खनालले फिर्ता गरे आफुले प्रयोग गर्दै आएको सवारी

गढीमाईखवर डट कम
205 पाठक संख्या

बाराको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गरेका छन ।

मेयर खनालले नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्र्कीलाई बुधबार चाबी हस्तान्तरण गर्नुभएको छ ।

आउदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी आचारसंहितालाई लक्षित गर्दै मेयर खनालले सरकारी सवारी साधन फिर्ता गरेका हुन ।

आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन नगरपालिकाका प्रमुख प्रशाशाकिय अधिकृतलाई बुझाएको मेयर खनालले बताउनुभयो ।

मेयर खनालले सवारीसाधनसंगै व्यक्तिगत रुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गर्नुभएको छ। वर्तमान मेयर खनाल आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निजगढको मेयर पदको आकांक्षी रहनुभएको छ ।

साझा गर्नुहोस्