रबिन्द्र प्रसाद साह,
“निःशूल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मुल नाराका साथ कलैया उपमहानगरपालिकाका वडा नं.५ स्थित रहेको होटल दरबारमा शिक्षा अधिकारको लागि समता र समावेशीकरण विषयक जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रम नेसीई नेपाल,जनजागरण युवा कल्ब (जेजेवाईसी ) प्रेरणा नेपालको संयुक्त आयोजनामा तथा भिएसओ नेपालको सहजीकरण र युके एडको आर्थिक सहयोगमा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा बाराका विभिन्न पालिकाहरुमा शिक्षाको बर्तमान अवस्था कस्तो छ ? कसरी शिक्षाको गुणस्तर बढाउन सकीन्छ ? यसका सम्बन्धित पक्षहरु को को हुन ? कसको काम के ? कसरी सवैले आ–आफ्नो जिम्मेवारी बहन गरी शिक्षा गुणस्तर बनाउन सकिन्छ ? लगायतको विषयवस्तुहरुमा सहभागीहरुबीच छलफल गरिएको थियो ।
सो कार्यक्रम नेसीई नेपालका उपाध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा तथा फेटा गाउँपालिकाकी उपाध्यक्ष कमरुल खातिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख बिजय अधिकारी, जितपुर सिमराका शिक्षा शाखा प्रमुख हरिश भट्ट, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंश यादव, दलित महिला अधिकारकर्मी किस्मती देवी राम, महिला अधिकारकर्मी बबिता जयसवाल, शिक्षक पवन यादव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी वर्ग, विभिन्न संघसंस्थाहरू प्रतिनिधिहरु पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रशिक्षण राम गैरेको रहेको थियो भने सञ्चालन मनोज यादवको रहेको थियो भन्ने जानकारी जेजेवाईसीका सियाराम यादवले गराएका थिए।