बारा कांग्रेस नेतृत्वको लागि शान्तिपुर्ण मतदान

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

नेपाली कांग्रेस बारा जिल्ला नेतृत्वको लागि लामो समय देखिको रस्साकस्सीको अध्याय बुधवार सम्पन्न भएको छ । निर्वाचन प्रक्रियाबाट शान्तिपुर्ण मतदान भएर सम्पन्न भएको हो । विवादित जिल्ला अधिवेसन निर्वाचन प्रक्रियाबाट सम्पन्न भएको हो । नेतृत्वको लागि १४ औं जिल्ला अधिवेसन कलैयाको ३ चन्द्र माविमा निर्वाचन प्रक्रियाबाट भएको हो ।

निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको छ । कसको जीत भनेर आकलन गर्न गाह्रो छ । त्रिपक्षीय भिडन्तमा तिनै पक्षले जित्ने दाबी गर्दै आएका छन् । गत शनिवार कलैयाको सिद्धेश्वर माविमा भएको निर्वाचनमा अमर्यादित क्रियाकलाप पछि निर्वाचन रद्द गर्दै स्थगित गरिए पछि बुधवार फेरि मतदान भएको हो । ८० पदका लागि मतदान भएको हो । निर्वाचनमा २ हजार ४ सय ८२ मतदाता माध्येबाट २ हजार ४ सयले मतदान गरेका हुन् ।

सभापति सहित अन्य पदाधिकारी र सदस्यहरुका लागि त्रिपक्षीय भिडन्त भएकोमा कांग्रेसका सबै कार्यकर्ता चुनावी मैदानबाट नेतृत्व छानेकोमा खुसी ब्यक्त गरेका छन् । संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेश राय यादव सभापतिका लागि दावेदारी गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।

यसैगरी शेखर कोइराला र कृष्ण सिटौलाको समुहबाट रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिदैं चुनावी मैदानमा थिए । तिनै पक्षप्यानल सहितउम्मेदवारी दिएका थिए । बुढाथोकीको पक्षमा सहमहामन्त्री फरमुलाह मंसुर र यादवको पक्षबाट अर्का सहमहामन्त्री उमाकान्त चौधरी थिए । तिनै पक्षले जित्ने दाबी गर्दै थिए । राय यादवको पक्षमा पनि त्यतिकै कार्यकर्ताहरु समर्थनमा थिए ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *