बारा : नेपाली काँग्रेसका युवा नेता प्रवेज अंसारी बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारमा सिफारिसमा परेका छन । पार्टीको क्षेत्रीय समितिको वैठकले अंसारीसहित १० जनालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
लामो समयदेखि नेपाली काँग्रेसको संगठन निर्माण, जनसम्पर्क र सामाजिक सेवामा सक्रिय अंसारी युवामाझ लोकप्रिय नेता मानिन्छन्। नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल मुस्लीम संघका केन्द्रीय महासचिव समेत रहेका अंसारीले बारा–३ का जनताको हित, अधिकार र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
“युवा शक्ति, अनुभव र जनताको विश्वासलाई आधार बनाएर समृद्ध बारा निर्माणमा लाग्नेछु,” उनले भने। अब उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको जिल्ला समिति, प्रदेश समिति हुदै केन्द्रीय समितिको निर्णयपछि अन्तिम टुंगो लाग्नेछ।









