पर्सा : पर्सामा एक जना मिटर ब्याज पीडितले जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा आत्मदाह गर्ने प्रयास गरेका छन ।
ऋण दिएका साहुहरुले सम्पत्ति लिलाम गरेको भन्दै उनीले यसरी आत्मदहाको प्रयास गरेका हुन । बारा पचरौता नगरपालिका–४ निवासी अन्दाजी ६० बर्षका मीटर ब्याज पीडित बृजकिशोर साहले आत्मदाह गर्ने प्रयास गरेका हुन ।
उनले साहुहरुले मीटर ब्याजमा आफ्नो सम्पत्ति लिलाम भएको भन्दै न्यायको लागि निवेदन दिएपनि न्याय नपाएकोले साहले आत्मदाहको प्रयास गरेको बताएका छन ।
साहले आफैसित लिएर आएको विष जिल्ला प्रशासन कार्यालयमा सेवन गरि आत्मदाको प्रयास गरेका थिए । उनलाई जिल्ला प्रशासनमा रहेका सुरक्षाकर्मीले उद्घार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन। साहलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ ।
आफुले पचरौताकै दुई जना र पर्साका एक जना गरि तिनजना साहुसित एक लाख पचास हजार ऋण लिएकोमा उनीहरुले आफ्नो जमिन बिक्री गरिदिएकोले आत्मदाहको प्रयास गरेको पीडित साहले बताए ।
घटनास्थलबाट उद्घार गरि उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका साहको अवस्था बुझ्न प्रजिअ अर्याल अस्पताल पुगेका थिए ।उनको अवस्था समान्य रहेको प्रजिअ अर्यालले बताए । साथै अस्पताल पुगेका प्रजिअ अर्यालले अस्पतालका स्वास्थकर्मीहरुलाइ उपचारमा लपारवाही नगर्न समेत निर्देशन गरेका छन ।
मिटरब्याज सम्बन्धि मुदाहरु अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।









