प्रहरीका कार्यालय सहयोगी रुम्बाको गोली हानी हत्या भएको पुष्टी

गढिमाइ खबर
302 पाठक संख्या

कलैया : बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा कारभित्र मृत अवस्थामा फेला परेका प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको गोली हानी हत्या भएको पुष्टी भएको छ ।

पोष्टपार्टमको रिपोर्ट आएसंग रुम्बाको टाउकोमा गोली प्रहारबाट नै हत्या भएको पुष्टि भएको बारा प्रहरी प्रमुख एमव् प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी गराएका छन ।

रुम्बाको एक राउण्ड गोल हानेर हत्या गरिएको हो । उनको सुनियोजित रुपमा भएको हुनसक्ने आशंका प्रमुख खड्ले गरेका छन । ईलाका प्रहरी कार्यालय सिमरामा दरवबन्दी रहेका रुम्बा सिमरा विमानस्थलमा सुरक्षा गार्डमा सहयोगीका रुपमा कार्यरत थिए ।

गत शनिबार बिहान रुम्बाको बागमती प्रदेश ०१–०२८–च ७६१६ नम्बरको कारभित्र मृत अवस्थामा शव फेला परेको थियो । उनी मृत अवस्थामा फेला परेको कार राष्ट्रिय अनुसन्धान विभागका श्रीकान्त तिवारीको हो ।

उनी पनि अहिले शंकाको घेरामा छ,उनलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले आफुसंग रुम्बाले एकैछिनका लागि भन्दै गाडी मागेपछि आफुले दिएको प्रहरीलाई बताएका छन ।

मृतक रुम्बाले शुक्रवार राती करिब साढे ९ बजेतिर उक्त कार लिएर कलैया जाने भन्दै हिडेका थिए । उनी के कामका लागि र कसले बोलाएर राती एकलै गाडी लिएर गएका थिए त्यो भने खुल्न सकेको छैन ।

शुक्रवार राती ९ बजेतिर कुनै व्याक्तिको छिटैआउँन भन्दै फोन आएपछि एकछिनमा आउछु है भन्दै हिडेका उनी राती नै फोन सम्र्पक नभएको परिवारले जनाएका छन।

साझा गर्नुहोस्