पञ्चबर्षिय गढीमाई मेलामा सुरक्षा ब्यवस्थामा कमी नहुने– प्रदेश गृहमन्त्री लेखी

गढिमाइ खबर
233 पाठक संख्या

कलैया : विश्व प्रसिद्ध गढीमाई पञ्चबर्षिय मेलाको सुरक्षा ब्यवस्थामा कुनै कमी हुन नदिने मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री रामकुमार लेखीले बताएकाछन्।

बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित श्री गढीमाई मन्दिरमा जारी मेलाको शनिबार अवलोकन तथा नीरिक्षण गर्दे मन्त्री लेखीले यस्तो बताएका हुन्।

उनले मधेशमा एकै महिनामा दुई वटा ठूलो मेला लाग्ने भएकोले सुरक्षामा कुनै किसिमको चुक नहुने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

उनले हरेक पाँच बर्षमा लाग्ने गढीमाई मेला र विवाह पञ्चमीको अवसरमा धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिरमा लाग्ने मेलामामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेको जनाए।

प्रदेश सरकारको ध्यान दुई वटै मेलाको शान्ति सुरक्षामा केन्द्रित रहेको उनले जानकारी दिए। सो अवसरमा महागढीमाई नगरपालिकाका नगर प्रमुख एवम् पञ्चबर्षिय गढीमाई मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादव,समितिका प्रमुख प्रवक्ता परमहंश यादव,महागढीमाई नगरपालिका ५ का वडाध्यक्ष तथा मनोरंजन समितिका संयोजक गजेन्द्रप्रसाद जयसवाल लगायतको सहभागिता रहेको थियो।

साझा गर्नुहोस्