जितपुरसिमरामा साडि बाड्न लागेको भन्दै महिलामाथि दुर्बब्यवहार

गढीमाईखवर डट कम
256 पाठक संख्या

रञ्जन यादब
बारा २९ बैशाख
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ रमौलीमा  साडि बाड्न लागेको भन्दै एक महिलामाथि दुर्बब्यवहार भएको छ । ।यही जेठ १२ गते हुन लागेको छोराको बिहेकोलागि साडि किनेर जान लागेकी बर्ष ४२ की कलैही देबी सहनीले किनेको साडि खोसेर एमालेका कार्यकर्ताहरुले दुर्बब्यवहार गरेका हुन् ।

एमालेबाट वडा अध्यक्षका प्रत्यसासी शिवशंकर महत्तो लगायतको टोलीले आफुमाथि दुर्बब्यवहार गरेको कलैही देबीले आरोप लगाएकीछिन् ।लोसपाका कार्यकर्ताहरुले साडि बाडेको आरोपमा एमालेका कार्यकर्ताबिच एकछिन झड्प समेत भएको छ । मतदतालाई आफुतिर आकर्षित गर्ने उदेश्यले लोसपाको कार्यकर्ताले साडि बाडेको आरोप एमालेको छ ।डालोमा साडि लुकाई लैजादै गरेको अवस्थामा महिलालाई साडि सहित पक्राउँ गरेको एमालेका कार्यकर्ताहरु बताएका छन् ।

घट्ना सुनेर गएको प्रहरीलाई रोक्न केही ब्यक्तिले साङ्गुरो बाटोमै टाटा सुमो गाडि तेस्राएर रोकेका थिए । ईलाका प्रहरी कार्यालय सिमराले उक्त घट्ना सुन्नेबित्तिकेै त्यहाँ पुग्दा मानिसहरु एक आपसमा झै झगडा गर्न खोजेको तर कुनै किसिमको साडी त्यहाँ फेला नपरेको जनाएको छ । प्रहरीले बाटोमा राखिएको टाटा सुमो नियन्त्रणमा राखि ईलाका प्रहरी कार्यालय जीतपुरमा राखेको छ । दुर्बब्यवहार भोगेकी महिला लोसपाका जिल्ला सदस्य तरुण सहनीको भाउँजु नाता पर्छिन् ।

 

साझा गर्नुहोस्