बन कार्यालय बाराको गस्ती सक्रिय : अबैध भण्डारणमा प्रयोग भएका तीनवटा गाडि नियन्त्रणमा

गढिमाइ खबर
44 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले एक जेसीबी र दुई टिपर नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजेश कुमार साहको नेतृत्वमा खटिएको टोलीले आज दिउँसो करिब १२ः४५ बजे उक्त सवारीसाधन नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।

नियन्त्रणमा लिएका टिपरहरुमा ना ७ ख ४८२५ र मधेश प्रदेश ०३ ००१ क ३०११ नम्बरको टिपर रहेको छ ।गस्ती टोलीमा डिभिजन बन कार्यालय बाराका सशस्त्र बन रक्षक कमाण्डर नागेन्द्र बैठा सहितको सुरक्षा तथा वनकर्मीको सहभागिता रहेको थियो।

टोलीले अवैध उत्खननमा संलग्न सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।वन कार्यालयले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा गस्तीलाई थप कडाइ गरिने डिभिजनल बन अधिकृत झाले बताए ।

उपमहानगरपालिकाबाट नदिजन्य पदार्थ उत्खनन् गर्ने ठेक्का पाएको ठेकदारले बन क्षेत्रभित्र नियमबिपरित घाँट गद्दी राखेको ,जथाभाबी उत्खन्न गरेको लगायतको बाताबरणीय अध्ययन परिक्षण प्रतिबेदन बिपरित कार्य गरेकाले नदिजन्य पदार्थ बोकेको गाडि नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्